बुधबार, श्रावण ६,२०८३ 02:20:54
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:20:54
Bizshala
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट, दोषीमाथि कारबाही नभए बैंक बन्द गर्ने युनियनको चेतावनी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट, दोषीमाथि कारबाही नभए बैंक बन्द गर्ने युनियनको चेतावनी
New Office

काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीहरूले कर्जा असुलीको क्रममा बारम्बार दुर्व्यवहार र कुटपिटको सामना गर्नुपरेपछि कर्मचारी युनियनले नेपाल राष्ट्र बैंकका गभर्नरलाई कडा ध्यानाकर्षण पत्र बुझाएको छ। 

युनियनले कर्मचारीमाथिको आक्रमण तुरुन्त बन्द नभए बैंकका सबै शाखा बन्द गरी ताला लगाउने र तालाचाबी राष्ट्र बैंक तथा अर्थ मन्त्रालयमा बुझाएर धर्ना बस्ने चेतावनी दिएको छ।

हालै दाङको घोराहीमा भएको घटनाले यो समस्या झनै उजागर गरेको छ। पुस २० गते बैंकको घोराही शाखाका कर्मचारी नविन थापा करिब ५० लाख रुपैयाँ ऋणको बक्यौता ब्याज असुली गर्न भण्डारी सप्लायर्समा पुग्दा फर्म सञ्चालकले धकेल्दै लखेटेर कुटपिट गरेका थिए। कर्मचारीको आँखा छेउमा गम्भीर चोट लागेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले यो घटनालाई गम्भीर रूपमा लिएका छन् र ऋणीहरूमा 'तिर्न नपरे हुन्थ्यो' भन्ने मानसिकता बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरेका छन् । 

युनियनको ध्यानाकर्षण पत्रमा उल्लेख छ:'बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले कर्जा असुलीको सिलसिलामा निरन्तर धम्की, दुर्व्यवहार र शारीरिक आक्रमणको सामना गर्नुपरिरहेको छ। यस्ता घटनाले कर्मचारीहरूको मनोबल घटाएको र कार्यसम्पादनमा असर परेको छ। यस्ता आक्रमण बन्द नभए हामी बैंक बन्द गरी तालाचाबी बुझाउने र आन्दोलनमा उत्रिन बाध्य हुनेछौं।" 

युनियनले सरकार, राष्ट्र बैंक र गृह प्रशासनलाई तुरुन्त सुरक्षा व्यवस्था मिलाउन र दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

पछिल्लो समय दुर्गा प्रसाईं लगायतका समूहहरूको अभियानले ऋण असुलीमा समस्या बढाएको बैंकहरूको गुनासो छ। 

यसअघि ज्योति विकास बैंकका कर्मचारीमाथि पनि यस्तै कुटपिट र कालोमोसो दल्ने घटना भएको थियो । 

युनियनका अध्यक्ष शिवहरी उपाध्यायले भने, "कर्मचारीहरूको सुरक्षा नै जोखिममा परेको छ। राज्य मौन बस्न मिल्दैन।"

बैंक स्रोतका अनुसार प्रहरीले कुटपिट गर्ने ऋणीमाथि कारबाही अघि बढाएको छ भने नेपाल बैंकर्स एसोसिएसनसँग पनि छलफल हुँदैछ। तर कर्मचारीहरूको असन्तुष्टि चरमोत्कर्षमा पुगेको छ। यो घटनाले बैंकिङ क्षेत्रमा कर्मचारी सुरक्षाको गम्भीर प्रश्न उठाएको छ।

युनियनले केन्द्रीय बैंकलाई बुझाएको पत्र यस्तो छः

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.