काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले बुधबार काठमाण्डौ र ललितपुरमा सञ्चालित चारवटा प्लास्टिक उद्योगलाई जरिवाना गरेको छ।
दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको तथा तोकिएको मापदण्डभन्दा कम गुणस्तरका प्लास्टिक झोला उत्पादन तथा बिक्री गरेको पाइएपछि ती उद्योगलाई कारबाही गरिएको विभागले जनाएको छ। यसअघि मंगलबार पनि यस्तै कसुरमा दुई प्लास्टिक उद्योगलाई जरिवाना गरिएको थियो।
विभागका अनुसार काठमाण्डौस्थित प्रशन्ना प्लास्टिक उद्योग, विन्दवासिनी प्लास्टिक उद्योग र रामकृष्ण प्लास्टिक उद्योगलाई जनही दुई लाख रुपैयाँका दरले जरिवाना गरिएको छ। यस्तै, सङ्घाई प्लास्टिक उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमनका क्रममा विभागले जरिबानामा परेका चार उद्योगसहित १४ वटा प्लास्टिक उद्योगलाई ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला उत्पादन तथा बिक्री–वितरण नगर्न कडा निर्देशनसमेत दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।