बुधबार, फाल्गुन २०,२०८२ 11:02:54
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 11:02:54
Bizshala
Global IME Bank Limited

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साधारण सभा सम्पन्न

Hyundai Nepal
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरु प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाहको क्षेत्रमा पनि २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोड रुपैयाँले बढाउँदै १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएको छ । संस्थाको इक्विटितर्फ, ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैंकिङ मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.