काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच बिहीबार चार बुँदे सहमति भएको छ। सहमति पत्रमा दुबै पक्षले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार, दुबै पक्षले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, जेनजी विद्रोहका मागहरू पूरा गर्न लाग्ने, आन्दोलन र जनताको चाहना अनुसार संविधान संशोधन गर्ने, स्थिर सरकार स्थापना गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायीक निकाय गठन गर्ने, र राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

