शनिबार, कार्तिक ७,२०८३ 11:00:00
  • शनिबार, कार्तिक ७,२०८३ 11:00:00
Global IME Bank Limited

आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजबाट शुरु, कृषि मन्त्रीद्वारा उद्धघाटन

Bizshala
आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजबाट शुरु, कृषि मन्त्रीद्वारा उद्धघाटन
New Office

काठमाण्डौ । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्ने बताएका छन् । चितवन प्रर्दशनी केन्द्रमा आजबाट शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्धघाटन गर्ने क्रममा उनले विदेशका प्रविधिहरु नेपालमा झिकाएर उत्पादनमा वृद्धि गर्नु पर्ने बताए । ‘यसप्रकारका एक्स्पोबाट नेपालले ज्ञान लिएर, सिकेर प्रविधिको प्रयोग बढाउनुपर्छ, उहांँले भन्नुभयो, जसले कृषकलाई व्यवसायिक कृषि गर्न र निर्यातमुखी बनाउन समेत मदन गर्छ ।’

कृषकले निर्वाहमुखी भन्दा पनि व्यवसायिक उत्पादन गर्न कृषि प्रविधिको भरपुर प्रयोग गर्नुपर्ने उनले जोड दिए । कृषिमा युवाहरुलाई आकर्षण गर्न , आयात कम गर्न , विचौलियालाई निरुत्साही गरी वास्तविक किसानलाई अनुदान जस्ता कार्यक्रमलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको उनको भनाई छ । ‘उत्पादन अनुसारको अनुदान र व्याज अनुदान लाई प्राथमिकतामा राखेर काम भईरहेको छ , उनले भने, ‘अलग्गै कार्यविधि बनाएर युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिन हामी सचेत छौं ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले समयमै रसायनिक मल प्राप्त गर्न, प्रांगारिक मल कारखाना सञ्चालन गर्न सरकार लागिरहेको बताए । सो क्रममा स्टल प्रर्दशकले मन्त्री पौडेल समक्ष सरकारका नीति, भन्सार तथा करका समस्याका विषयमा जानकारी गराएका थिए ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु रहेका छन ।

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराइले जानकारी दिए  ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ ।

त्यसैगरी, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्। नेपाल मिडिया स्पेस सोलुसन्स प्रालि र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भएको एक्स्पो यही माघ ४ गतेसम्म चल्नेछ । एक्स्पोमा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.