मंगलवार, भाद्र २,२०८३ 09:57:21
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 09:57:21
Bizshala
Global IME Bank Limited

सार्वजनिक ऋण २३.८४ खर्ब, प्रतिव्यक्ति ऋण ८१ हजारभन्दा बढी !

सार्वजनिक ऋण २३.८४ खर्ब, प्रतिव्यक्ति ऋण ८१ हजारभन्दा बढी !
New Office

काठमाण्डौ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/ ८१ दोस्रो त्रैमाससम्म देशको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको हो । यो रकम भुक्तानी हुन बाँकी सार्वजनिक ऋणको सावाँ ब्याज सम्मिलत कुल रकम हो ।  

Bizshala
CG Motors

यसमध्ये सुरु मौज्जाद २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ र १ खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ ऋण प्राप्ति रहेको छ । यो अवधिसम्म सरकारले गरेको साँवा भुक्तानी रकम ७७ अर्ब ४५ करोड १४ लाख रुपैयाँ रहेको छ ।  

गत मङ्सिर मसान्तसम्ममा सार्वजनिक ऋणको आकार २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ थियो । यसरी एक महिनाको अवधिमा सरकारको ऋण भुक्तानीको दायित्व १३ अर्ब २२ करोड ६५ लाख रुपैयाँले वृद्धि भएको छ ।  

समीक्षा अवधिससम्म आन्तरिक ऋणमार्फत १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ र बाह्य ऋण ३४ अर्ब २७ करोड ४९ लाख रुपैयाँ प्राप्ति गरिएको छ । यस्तै यो अवधिसम्म आन्तरिक ऋणको ५९ अर्ब ३७ करोड १६ लाख रुपैयाँ र बाह्य ऋणको १८ अर्ब ७ करोड ९८ लाख रुपैयाँ साँवा भुक्तानी गरिएको छ ।   

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना, २०७८ अनुसार कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ८१ हजार ७५९ रुपैयाँ हुन आउँछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.