काठमाण्डौ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पोखरामा कार्यक्रम सञ्चालनका क्रममा पक्राउ परेका छन्।
पक्राउ परेका प्रसाईंलाई काठमाण्डौ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रसाईंमाथि प्रमुख विवाद नेपाली कांग्रेसको आन्तरिक मतभेदसँग सम्बन्धित छ। उनले निर्वाचन आयोगमाथि आरोप लगाउँदै गगन थापा पक्षलाई करोडौँ रुपैयाँ लिएर आधिकारिकता दिएको दाबी गरेका थिए। उनको यस अभिव्यक्तिपछि आयोगले प्रहरीमा उजुरी दिएको थियो।

