बुधबार, असार १७,२०८३ 01:08:06
Bizshala
  • बुधबार, असार १७,२०८३ 01:08:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वाणिज्य विभागले गर्यो १८ फर्ममाथि अनुगमन, न्यु शिव स्टोरलाई २ लाख जरिवाना

Laxmi Sunrise Bank Limited
वाणिज्य विभागले गर्यो १८ फर्ममाथि अनुगमन, न्यु शिव स्टोरलाई २ लाख जरिवाना

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार काठमाण्डौ उपत्यकाका १८ व्यावसायिक फर्ममाथि अनुगमन गरी कारबाही तथा निर्देशन जारी गर्दै बजार अनुशासन कायम गर्न सक्रियता बढाएको छ।

उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ को कार्यान्वयनका क्रममा विभागले विभिन्न स्थानमा निरीक्षण गर्दा कानुनी प्रावधान उल्लङ्घन गरेको पाइएका फर्मलाई जरिबाना र सुधारात्मक निर्देशन दिएको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

अनुगमनका क्रममा काठमाण्डौ महानगरपालिका–२९, नयाँ बसपार्कमा सञ्चालनमा रहेको ‘न्यु शिव स्टोर’ लाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरिएको छ। विभागका अनुसार फर्मले उपभोक्ता संरक्षणसम्बन्धी मापदण्ड पूरा नगरेको पाइएको थियो।

यसैगरी ललितपुरको गोदावरी नगरपालिका–१ मा रहेको ‘हिमालयन ब्रुअरी प्रालि’ लाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। यसलाई नियामक निकायले उद्योगहरूको कागजात व्यवस्थापन र पारदर्शितामा जोड दिएको संकेतका रूपमा हेरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विभागको टोलीले काठमाण्डौ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा रहेका अन्य १६ फर्मको समेत निरीक्षण गरेको थियो। न्यु लुजा मदिरा स्टोर, न्यु सिर्जना ट्रेडर्स, प्रनित सेल्स एन्ड मार्केटिङ, वरुण बेभरेज, दिव्यज्योति स्टोर, केएन्डपी अल्कोहलिक स्टोर र इन्द्रकमल लिकर सपलगायत फर्मलाई तत्काल सुधार गर्नुपर्ने विषयमा सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

नियमित अनुगमनमार्फत उपभोक्तालाई ठगीबाट जोगाउने, व्यवसायलाई उत्तरदायी बनाउने र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्य रहेको जनाउँदै विभागले आगामी दिनमा बजार अनुगमन अझ प्रभावकारी र निरन्तर बनाइने स्पष्ट पारेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.