Bizshala
  • मंगलवार, चैत्र १०,२०८२ 10:42:38
Bizshala
Global IME Bank Limited

जर्मनीको CMT मेलामा नेपाली व्यवसायीहरू सहभागी

Hyundai Nepal
जर्मनीको CMT मेलामा नेपाली व्यवसायीहरू सहभागी
Shivam Cement

काठमाण्डौ । युरोपेली बजारमा नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली व्यवसायीहरूले जर्मनीको स्टुटगार्टमा जनवरी १७ देखि २५, २०२६ सम्म आयोजना गरिएको प्रतिष्ठित काराभान, मोटर तथा पर्यटन मेला (CMT) मा सहभागिता जनाएका छन्।

 उक्त टोलीको संयोजन नेपाल–जर्मन उद्योग वाणिज्य संघ (NGCCI) का अध्यक्ष सन्तोष चन्द्र कुँवरले गरेका थिए । उनीसँगै नेपाल राइजन ट्रेक्स एन्ड एक्स्पेडिसनका श्री शेरबहादुर परियार तथा जर्मनीमा आधारित शेर्पा राइजन GmbH का नाम्ग्याल शेर्पा सहभागी थिए । सहभागी सबै पर्यटन व्यवसायीहरू जर्मन तथा युरोपेली बजारमा विशेषगरी तीन दशकभन्दा बढी अनुभव भएका अनुभवी उद्यमीहरू हुन्।

 उक्त सहभागिताको उद्देश्य NGCCI को संयुक्त समन्वयमा जर्मनीमा नेपालको पर्यटन प्रवर्द्धनलाई अझ सुदृढ बनाउनु रहेको थियो। सहभागी कम्पनीहरू लामो समयदेखि द्विपक्षीय चेम्बरका सदस्य रहँदै आएका छन्। मेलामा उनीहरूले नेपालको पर्यटन उत्पादन, साहसिक गन्तव्य, सांस्कृतिक सम्पदा तथा दिगो पर्यटनका अवसरहरूलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरेका थिए।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यस वर्षको CMT मेलामा २ लाख ६६ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो। मेलामा १,६०० प्रदर्शकहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गरेका थिए भने विभिन्न देशहरूको सहभागिता रहेको थियो। अंगोला सन् २०२६ का लागि आधिकारिक साझेदार देशको रूपमा चयन गरिएको थियो।

 काराभान, मोटर तथा टुरिस्टिक (CMT) मेला पहिलो पटक १९६८ मा आयोजना गरिएको थियो। सुरुमा मोटरस्पोर्ट तथा मनोरञ्जन प्रदर्शनीका रूपमा प्रारम्भ भएको यो मेला समयक्रममा विकसित हुँदै आज पर्यटन, काराभानिङ र मनोरञ्जन क्षेत्रको विश्वकै ठूला सार्वजनिक व्यापार मेलामध्ये एकको रूपमा स्थापित भएको छ।

 मेलाका क्रममा बोल्दै अध्यक्ष कुँवरले NGCCI विगत ३० वर्षदेखि CMT मेलामा सहभागिता जनाउँदै आएको उल्लेख गरे । उनले यस्ता मेलाहरू नेपाली पर्यटन व्यवसायका लागि अत्यन्त लाभदायक भएको बताउँदै युरोपेली बजारमा नेपाली उद्यमीहरूको व्यवसाय प्रवर्द्धन, दिगोपन र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । 

साथै, उनले भविष्यमा नेपाललाई CMT मेलाको साझेदार देशका रूपमा प्रस्तुत गर्ने सम्भावनाबारे CMT व्यवस्थापनसँग छलफलसमेत गरेको जानकारी दिए । यसका लागि नेपाल सरकार तथा निजी क्षेत्रका सरोकारवालाबीच घनिष्ठ सहकार्य आवश्यक हुने उनको भनाइ थियो, जसबाट पर्यटन तथा लगानी आकर्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, लामो समयदेखि जर्मनीसँग पर्यटन व्यवसाय गर्दै आएका नाम्ग्याल शेर्पाले जर्मन र नेपाली पर्यटन व्यवसायबीच सहकार्यको विशाल सम्भावना रहेको बताए । तथापि, युरोपेली पर्यटकहरूको रुचिअनुसार नेपालका पर्यटन उत्पादनहरूलाई अझ आकर्षक बनाउँदै प्रभावकारी प्रवर्द्धन र संस्थागत सहयोग आवश्यक रहेको उनले जोड दिए । 

 CMT मेलामा नेपाली व्यवसायीहरूको सहभागिताले एक पटक फेरि विश्व पर्यटन बजारमा नेपालको उपस्थिति सुदृढ गर्ने प्रतिबद्धता र नेपाल–जर्मनीबीच पर्यटन तथा यात्रा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउने प्रयासलाई उजागर गरेको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.