काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई स्वागत गर्दै पार्टी प्रवेश गरेको जानकारी दिएका हुन् ।
अध्यक्ष साम्पाङले फेसबुकमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त ।’
ढाकाकुमार श्रेष्ठ यसअघि रास्वपाबाट समानुपातिक सांसद निर्वाचित भएका थिए। तर स्वास्थ्य मन्त्री बन्ने विषयमा व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागिएको भनिएको अडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले अनुशासनात्मक कारबाही गर्दै निष्काशन गरेको थियो।

