सोमबार, असार १५,२०८३ 05:00:25
Bizshala
  • सोमबार, असार १५,२०८३ 05:00:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानीसँगै नाफामा कमी

Laxmi Sunrise Bank Limited
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानीसँगै नाफामा कमी

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानीसँगै नाफामा कमी आएको छ । चालु आवको दोस्रो त्रैमाससम्म बैंकको खुद नाफा ४३.०४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २ अर्ब ८३ करोड रुपैयाँ रहेको खुद नाफा घटेर १ अर्ब ६१ करोड रुपैयाँमा सीमित बनेको छ ।

बैंकको खुद ब्याज आम्दानी पनि १२.८२ प्रतिशतले घटेर ६ अर्ब ४२ करोडमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने केही बढेको छ । अघिल्लो आवमा १ अर्ब ५७ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर १ अर्ब ९ करोड पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेका छ । बैंकले कस्ट अफ फण्ड भने ४.६३ प्रतिशतबाट घटाएर ३.६३ प्रतिशतमा झारेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७७९.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२० गुणा कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.