शुक्रबार, असार १२,२०८३ 01:39:47
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 01:39:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीन भ्रमणमा बेलायती प्रधानमन्त्री स्टारमर, भिसा–मुक्त यात्रा र व्यापारमा सकारात्मक प्रगति

Laxmi Sunrise Bank Limited
चीन भ्रमणमा बेलायती प्रधानमन्त्री स्टारमर, भिसा–मुक्त यात्रा र व्यापारमा सकारात्मक प्रगति

काठमाण्डौ । बेलायतका प्रधानमन्त्री सर किअर स्टारमरले चीनका राष्ट्रपति सी चिनफिङसँग भएको भेटवार्तामा भिसा–मुक्त यात्रा र व्यापारसम्बन्धी विषयमा सकारात्मक प्रगति भएको बताएका छन्।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा करिब एक घण्टा २० मिनेट चलेको भेटमा दुवै नेताबीच भन्सार शुल्क, आप्रवासन, व्यापार र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको थियो। स्टारमर आठ वर्षपछि चीन भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री हुन्।

प्रधानमन्त्री स्टारमरले स्कच ह्विस्कीमा लगाइने भन्सार शुल्क, बेलायती नागरिकका लागि चीनमा भिसा–मुक्त यात्राको सम्भावना तथा अवैध आप्रवासन नियन्त्रणका विषयमा महत्वपूर्ण सहमति भएको जानकारी दिए। उनले विशेष गरी साना डुंगा प्रयोग गरी हुने अवैध आप्रवासनमा प्रयोग हुने इन्जिन तथा उपकरण आपूर्तिमा आपराधिक गिरोहविरुद्ध सहकार्य हुने बताए।

New Office
CG Motors
Garima Development Bank

‘हामीले राष्ट्रिय हितअनुकूल ठोस उपलब्धिसहित सकारात्मक र रचनात्मक छलफल गरेका छौँ’ प्रधानमन्त्री स्टारमरले भेटपछि पत्रकारहरूलाई बताए।

चीनको परराष्ट्र मन्त्रालयले पनि बेलायतका लागि एकपक्षीय भिसा–मुक्त प्रवेशबारे सक्रिय रूपमा विचार गर्न तयार रहेको जनाएको छ। हालसम्म चीनले ७० देशका नागरिकलाई भिसा–मुक्त प्रवेशको सुविधा दिएको भए पनि बेलायती नागरिकलाई भिसा आवश्यक पर्दै आएको छ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री स्टारमरले हङकङका प्रजातन्त्र समर्थक अभियन्ता जिमी लाईको कारावास तथा सिनजियाङमा उइघुर अल्पसंख्यकमाथि भइरहेको व्यवहारजस्ता संवेदनशील मानवअधिकारका विषय पनि उठाएका थिए।

चीनका राष्ट्रपति सी चिनफिङले बेलायत–चीन सम्बन्ध विगतमा केही उतारचढावपूर्ण भए पनि संवाद र सहकार्य अपरिहार्य रहेको बताए। उनले विश्व अस्थिर र परिवर्तनशील अवस्थामा रहेको उल्लेख गर्दै मतभेदभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री स्टारमरले चीन भ्रमणका क्रममा बेलायती व्यापारिक तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको टोलीको नेतृत्व गरेका छन्। उनले चीनसँग अझ परिपक्व र व्यवहारिक सम्बन्ध चाहेको स्पष्ट पारे।

यस भ्रमणलाई लिएर बेलायतभित्र विपक्षी दलहरूले आलोचना गरेका छन्। उनीहरूले चीनसँगको नजिकको सम्बन्धले राष्ट्रिय सुरक्षामा जोखिम बढ्न सक्ने र मानवअधिकारका विषय ओझेलमा पर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिका–चीनबीच बढ्दो व्यापार तनाव र चीनमा नयाँ बेलायती नीति खोजिरहेको सन्दर्भमा स्टारमरको यो भ्रमणलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.