आईतवार, फाल्गुन १०,२०८२ 03:46:02
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 03:46:02
Bizshala
Global IME Bank Limited

चीनसँग सम्झौता गर्नु बेलायतका लागि निकै खतरनाकः ट्रम्प

चीनसँग सम्झौता गर्नु बेलायतका लागि निकै खतरनाकः ट्रम्प
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतले चीनसँग व्यापारिक सम्झौता गर्नु अत्यन्त खतरनाक भएको टिप्पणी गरेका छन्। उनको यो अभिव्यक्ति बेलायती प्रधानमन्त्री किएर स्टार्मरको चीन भ्रमणका क्रममा आएको हो।

ट्रम्पको प्रतिक्रिया प्रधानमन्त्री स्टार्मर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटघाटपछि सार्वजनिक भएको हो। तीन दिने चीन भ्रमणमा रहेका स्टार्मरले बेलायत–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले उच्चस्तरीय वार्ता गरिरहेका छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस भ्रमणका क्रममा दुबै देशबीच व्यापार तथा लगानी विस्तार गर्ने उद्देश्यसहित विभिन्न सम्झौताहरू भएका छन्।

फर्स्ट लेडी मेलानिया ट्रम्पमाथि निर्माण गरिएको एक डकुमेन्ट्रीको प्रिमियरका अवसरमा पत्रकारहरूले बेलायत र चीनबीच बढ्दो व्यापारिक सहकार्यबारे सोध्दा राष्ट्रपति ट्रम्पले भने, ‘यो उनीहरूका लागि अत्यन्त खतरनाक हुन सक्छ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, प्रधानमन्त्री स्टार्मरले राष्ट्रपति सी जिनपिङसँगको भेटपछि बेलायत र चीनबीचको सम्बन्ध सकारात्मक र बलियो अवस्थामा रहेको बताएका छन्। शुक्रबार उनले चिनियाँ राष्ट्रपतिसँग भएको धेरै राम्रो बैठक अपेक्षाअनुसारको र खुला संवाद भएको उल्लेख गरे । 

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.