बुधबार, श्रावण २०,२०८३ 12:04:15
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:04:15
Bizshala
Global IME Bank Limited

बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ को अवसरमा ‘सम्पत्ति शुद्धीकरण निवारण, पारदर्शिता र वित्तीय सुशासन’ भन्ने नारासहित बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा यससँग सम्बन्धित कानुनी प्रावधान, ग्राहक पहिचान प्रक्रिया, कारोबार अभिलेख व्यवस्थापन, शंकास्पद कारोबार प्रतिवेदन र नगद कारोबारको पारदर्शितासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।

अन्तरक्रियाका क्रममा महासंघको तर्फबाट कार्यसमिति सदस्य सूर्य बरालले व्यवसायीहरूले भोग्दै आएका व्यवहारिक समस्या, कानुनी जटिलता तथा रिपोर्टिङ प्रक्रियामा देखिएका चुनौतीहरूबारे ध्यानाकर्षण गराउँदै सुधारका सुझावहरू प्रस्तुत गरेका थिए।

सुनचाँदी तथा रत्न–आभूषण क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा उठाइएका जिज्ञासाहरूको आन्तरिक राजस्व विभागका महानिर्देशकसहित सम्बन्धित सरकारी प्रतिनिधिहरूले जवाफ दिएका थिए। उनीहरूले कानूनको प्रभावकारी कार्यान्वयनसँगै व्यवसायिक सहजतालाई पनि ध्यानमा राख्दै सन्तुलन कायम गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.