बुधबार, श्रावण २०,२०८३ 12:02:07
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:02:07
Bizshala
Global IME Bank Limited

वैदेशिक रोजगारीमा दक्ष श्रमिकको सङ्ख्या घट्दो, अदक्ष कामदार बढ्दै

वैदेशिक रोजगारीमा दक्ष श्रमिकको सङ्ख्या घट्दो, अदक्ष कामदार बढ्दै
New Office

काठमाण्डौ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये दक्ष श्रमिकको अनुपात घट्दै गएको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये दक्ष श्रमिकको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम भएको छ ।

विभागको तथ्याङ्कअनुसार चालु आवको पहिलो छ महिनामा ४ लाख २ हजार ७४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । तीमध्ये २ लाख ५० हजार जना (६४ प्रतिशत) दक्ष श्रमिक रहेका छन् । जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा चार लाख ६५ हजार ५०७ जनाले श्रम स्वीकृति लिएकामा तीन लाख ३५ हजार ७५८ जना (७२ प्रतिशत) दक्ष श्रमिक थिए ।

यस्तै, अर्धदक्ष श्रमिकको सङ्ख्या भने झण्डै स्थिर देखिएको छ । गत आवको सो अवधिमा ५९ हजार १२१ जना अर्धदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएकोमा चालु आवको सोही अवधिमा ५९ हजार ६२४ जना अर्धदक्ष श्रमिक गएका छन् ।

तर अदक्ष श्रमिकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । गत आवको पहिलो छ महिनामा ५९ हजार ५२४ जना अदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएकोमा चालु आवको सो अवधिमा यो सङ्ख्या बढेर ९३ हजार ५५० जना पुगेको छ ।

उच्च दक्ष श्रमिकतर्फ हेर्दा भने सामान्य वृद्धि देखिएको छ । इन्जिनियर, बैङ्कर, नर्स, चिकित्सकलगायत उच्च दक्ष कामदार गत आवको सो अवधिमा एक हजार ९३८ जना रहेका थिए भने चालु आवको पहिलो छ महिनामा २ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.