काठमाण्डौ । भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अर्थात ८ अर्ब भारुबराबरको वार्षिक आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको बजेटमा नेपाललाई दिइने सहयोग रकम बढाइएको हो। यसअघि चालु आर्थिक वर्ष २०२५/२६ का लागि भारतले नेपाललाई सुरुमा ११ अर्ब १८ करोड रुपैयाँ छुट्याएको थियो, तर पछि १३ अर्ब २८ करोड रुपैयाँ पुर्याएर संशोधन गरिएको थियो।
नेपाल सरकारले प्राप्त गर्ने यो सहयोग रकम पूर्वाधार विकास, सामाजिक क्षेत्र, सीमा क्षेत्रका आयोजना र द्विपक्षीय सहकार्यका कार्यक्रमहरूमा खर्च गर्दै आएको छ ।

