बुधबार, असार १०,२०८३ 08:18:47
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:18:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फेक रेस्क्युमा संलग्न थप एक जना पक्राउ

Laxmi Sunrise Bank Limited
फेक रेस्क्युमा संलग्न थप एक जना पक्राउ

काठमाण्डौ । नेपालमा पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा भएको फेक रेस्क्यू घोटालासँग सम्बन्धित अर्को व्यक्ति पक्राउ परेका छन्। काठमाण्डौ जिल्ला अदालतको अनुमति अनुसार माघ २५ गते थप एक जनालाई पक्राउ गरिएको हो।

New Office
CG Motors
Garima Development Bank

उल्लेखित व्यक्ति विदेशी पर्यटकको स्वास्थ्य समस्या परेका झुठा घटनामा उद्धार गरेको देखाई बीमा रकम दाबी गरी गैरकानूनी आर्थिक लाभ लिएको आरोपमा संलग्न रहेको बताइएको छ। 

प्रारम्भिक अनुसन्धानका अनुसार, Mountain Rescue Service Pvt. Ltd., Everest Experience and Assistance Pvt. Ltd र Nepal Charter Service Pvt. Ltd. लगायतका कम्पनीहरूले सरकारी अभिलेखमा संशोधन गर्दै Passenger and Cargo Manifest को विवरण फरक देखाउने तथा झुठा अस्पताल बिल तयार पारेर उद्धार गरिएको विदेशी पर्यटकको बीमा रकम दावी गर्ने काम गरेको पाइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस किसिमको गतिविधिले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा “A scam on the roof of the world,” “Make Nepal a no-go destination for tourists,”लगायत शीर्षकमा समाचार सम्प्रेषण गराइ नेपालको पर्यटन र राष्ट्रिय प्रतिष्ठामा नकारात्मक असर पुर्‍याएको बताइएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा ५१ अन्तर्गत राष्ट्रहित प्रतिकूल काम गरेको आरोपमा कारबाही अघि बढाइँदैछ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ र सम्बन्धित अन्य व्यक्तिहरूलाई पनि कानूनी दायरामा ल्याउने तयारीमा रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.