काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सो अवधिमा २३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको २३ करोड ९ लाख रुपैयाँको तुलनामा केवल ०.२४ प्रतिशतले बढी हो।
कम्पनीको खुद बीमाशुल्क २२.२२ प्रतिशतले बढ्दै ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम ३ अर्ब १८ करोड रुपैयाँ थियो। यसैगरी, कम्पनीको कुल आम्दानी पनि ४ अर्ब ९८ करोड रुपैयाँमा पुगेको छ । जुन अघिल्लो आवको ४ अर्ब १८ करोडको तुलनामा वृद्धि भएको हो।
समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा १९.९३ प्रतिशतले बढी हो। कुल खर्च पनि बढेर ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च ३ अर्ब ९५ करोड रहेको थियो ।
कम्पनीको महाविपत्ती कोषको आकार २५ करोड ३५ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ घटेर ३५ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। जीवन बीमा कोषको आकार २२ अर्ब ८१ करोड रुपैयाँ कायम छ।
कम्पनीको प्रतिसेयर आम्दानी ९.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.९१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५१९.१४ रुपैयाँ, र पीई रेसियो ५२.१६ गुणा कायम रहेको छ।

