मंगलवार, असार १६,२०८३ 09:51:31
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:51:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रहरूमा निषेधाज्ञा जारी

Laxmi Sunrise Bank Limited
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रहरूमा निषेधाज्ञा जारी

काठमाण्डौ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रहरूमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। बिहीबारदेखि लागू हुने आदेशअनुसार विमानस्थल परिसर, आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र लगायतका संवेदनशील क्षेत्रहरूमा पाँच जनाभन्दा बढीको भीड भेला भएर अनशन, धर्ना, जुलुस वा अन्य विरोध कार्यक्रम गर्न रोक लगाइएको छ।

New Office
CG Motors
Garima Development Bank

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको आदेशमा विमानस्थल जस्तो संवेदनशील क्षेत्र तथा आसपासको क्षेत्रमा भीडभाड बढ्दा उच्छृङ्खल गतिविधि, तोडफोड र आगजनीजस्ता जोखिमहरू हुन सक्ने जोखिम औल्याइएको छ। त्यसैले सुरक्षा सुदृढीकरणका लागि यस्तो निषेधाज्ञा आवश्यक रहेको प्रशासनले जनाएको छ।

निषेधाज्ञा लागु नभएका क्षेत्रहरूमा नागरिकको शान्तिपूर्ण विरोध र अभिव्यक्तिको स्वतन्त्रता कायम रहने जनाइएको छ। साथै, पूर्वजानकारी गराएर हुने विरोध कार्यक्रममा पनि सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा कुनै क्षति भएमा आयोजकलाई क्षतिपूर्ति तिर्नुपर्ने जनाइएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सूचनामा यात्रु र आम सर्वसाधारणको सुरक्षित आवागमन सुनिश्चित गर्न, महाशिवरात्रि पर्वको धार्मिक र सांस्कृतिक सम्मान गर्न, विमानस्थल र वरिपरि संवेदनशील क्षेत्रहरूमा कानून विपरीत गतिविधि नगर्न कडाइका साथ आग्रह गरिएको छ। उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.