काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.३५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४४.७२ रुपैयाँ र बिक्रीदर १४५.३२ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७१.७४ रुपैयाँ र बिक्रीदर १७२.४५ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९७.५५ रुपैयाँ र बिक्रीदर १९८.३७ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.५० रुपैयाँ र बिक्रीदर १०२.९२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.४१ रुपैयाँ र बिक्रीदर ३९.५७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.९५ रुपैयाँ र बिक्रीदर २१.०४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.१२ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.६० रुपैयाँ र बिक्रीदर ३९.७७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७४.३६ रुपैयाँ र बिक्रीदर ४७६.३२ रुपैयाँ कायम भएको छ ।

