मंगलवार, असार १६,२०८३ 08:20:18
Bizshala
  • मंगलवार, असार १६,२०८३ 08:20:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वीरगञ्जमा हट्यो कर्फ्यू , केही क्षेत्रमा भने निषेधाज्ञा जारी

Laxmi Sunrise Bank Limited
वीरगञ्जमा हट्यो कर्फ्यू , केही क्षेत्रमा भने निषेधाज्ञा जारी

काठमाण्डौ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीले फागुन ११ गतेदेखि लागू हुने गरी जारी गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू लागू गरिएको थियो।

जिल्ला प्रशासनले समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको जनाएको छ। आज आयोजित सर्वपक्षीय बैठकको निर्णयअनुसार अब कर्फ्यूलाई निरन्तरता दिइरहन आवश्यक नदेखिएकोले साँझ साढे ४ बजेदेखि कर्फ्यू हटाइएको हो।

New Office
CG Motors
Garima Development Bank

तर, पूर्ण रूपमा अवस्था सामान्य नभएकोले वीरगंज महानगरपालिकाका केही क्षेत्रहरूमा बेलुकी ६ बजेदेखि १२ गते बिहान ८ बजेसम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त निषेधाज्ञा लागु हुने क्षेत्रहरू यस प्रकार छन्ः

पूर्व–पश्चिमः बाईपास रोड, रानीघाट पुल

उत्तरः पावरहाउस चौक

दक्षिणः घण्टाघर चौक

जिल्ला प्रशासनले आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने पनि स्पष्ट पारेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.