सोमबार, असार १५,२०८३ 03:42:45
Bizshala
  • सोमबार, असार १५,२०८३ 03:42:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भित्रियो ४.७१ लाख मेट्रिक टन रासायनिक मल

Laxmi Sunrise Bank Limited
भित्रियो ४.७१ लाख मेट्रिक टन रासायनिक मल

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ मा रासायनिक मलको आपूर्ति सन्तुलित र समयमै भइरहेको जनाएको छ। साउनदेखि फागुन पहिलो सातासम्म ४ लाख ७१ हजार ५११ मेट्रिक टन मल आयात भइसकेको छ, जसमा युरिया, डिएपी र पोटास प्रमुख छन्।

मन्त्रालयका अनुसार हालसम्म २ लाख ७८ हजार ७७३ मेट्रिक टन युरिया, १ लाख ७५ हजार १५० मेट्रिक टन डिएपी, र १७ हजार ५८७ मेट्रिक टन पोटास देशमा उपलब्ध छन्। त्यस्तै, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनसँग हाल १ लाख २७ हजार ४९२ मेट्रिक टन मल मौज्दात रहेको छ।

New Office
CG Motors
Garima Development Bank

आगामी महिनामा थप २२ हजार ३०३ मेट्रिक टन युरिया, ७ हजार ७५३ मेट्रिक टन पोटास, र ३ हजार ३३८ मेट्रिक टन डिएपी आपूर्तिमा आउने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ।

चालु आवमा कुल ६ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने लक्ष्य राखिएकोमा हालसम्म ४ लाख ९१ हजार ४०० मेट्रिक टन खरिदका लागि टेन्डर आह्वान भइसकेको छ। यसका लागि चालु आवको बजेटबाट २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धानबाली लक्षित थप खरिदका लागि कृषि सामग्री कम्पनीले हाल ६० हजार मेट्रिक टन मल ९३० हजार मेट्रिक टन डिएपी र ३० हजार मेट्रिक टन युरिया० टेन्डरमा राखेको छ। आगामी आर्थिक वर्ष २०८३र८४ का लागि अर्थ मन्त्रालयले २० अर्ब रुपैयाँको स्रोत सहमति दिएकाले थप खरिद प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

कम्पनीले टेन्डर मार्फत खरिद गरिएको मल जेठ अन्तिमसम्म किसानको पहुँचमा पुग्ने जनाएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.