बुधबार, असार १०,२०८३ 08:13:46
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:13:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फेक रेस्क्यु प्रकरणमा संलग्न थप दुईजना पक्राउ

Laxmi Sunrise Bank Limited
फेक रेस्क्यु प्रकरणमा संलग्न थप दुईजना पक्राउ

काठमाण्डौ । विदेशी नागरिकको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी ठगेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। उच्च हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका विदेशी पर्यटकहरूको नाममा बीमा रकम ठगी गरिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–२ घर भई ठमेलस्थित रोयल होलिडेज एडभेन्चर एन्ड ट्राभल कम्पनीमा कार्यरत २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घ नेपाल (एओएएन) का पूर्व उपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंह रहेका छन् । सिंहलाई फागुन १३ गते र तिवारीलाई फागुन १२ गते पक्राउ गरिएको हो ।

New Office
CG Motors
Garima Development Bank

पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ अनुसार राष्ट्रहित प्रतिकूल काम गरेको र सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट ट्रेकिङ, हेलिकोप्टर सेवा, अस्पताल र बिमा क्षेत्रबीच समन्वय गरी योजनाबद्ध रूपमा रकम दाबी गरिएको प्रारम्भिक निष्कर्ष निस्किएको छ। प्रहरीका अनुसार, केही कम्पनीहरूले पर्यटकलाई अनावश्यक रूपमा हेलिकोप्टरमार्फत उद्धार गरिएको देखाई कागजी प्रक्रिया मिलाएर बिमा कम्पनीसँग ठूलो रकम असुल्ने गरेको पाइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसक्रममा माउन्टेन रेस्क्यू सर्भिस, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिस लगायत कम्पनीले उड्डयन अभिलेखमा रहेको प्यासेन्जर एन्ड कार्गो म्यानिफेस्ट विवरणमा हेरफेर गरी नक्कली बिल तथा कागजात तयार गरेको दाबी गरिएको छ।

उद्धार गरिएका पर्यटकहरूलाई काठमाण्डौका विभिन्न अस्पतालमा भर्ना गरिएको देखाई नक्कली मेडिकल रिपोर्ट, भर्ना तथा डिस्चार्ज कागजात बनाइएको अनुसन्धानबाट खुलेको छ।

यो घटनाले नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा चिनिने अन्तर्राष्ट्रिय छविमा असर पुर्‍याउने विश्लेषण गरिएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.