काठमाण्डौ। मध्यपूर्वमा विकसित हुँदै गएको युद्धजन्य अवस्थालाई मध्यनजर गर्दै सरकारले खाडी तथा प्रभावित मुलुकतर्फ जाने कामदारका लागि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।
मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीच चर्किएको द्वन्द्वले सुरक्षा जोखिम बढेपछि श्रम स्वीकृति प्रक्रिया रोकिन पुगेको हो। पछिल्ला दिनमा इरानले क्षेत्रीय रूपमा रहेका अमेरिकी सैन्य संरचनामाथि जवाफी आक्रमण थालेपछि अवस्था थप जटिल बनेको छ।
विशेषगरी युनाइटेड अरब इमिरेट्स, कतार, ओमान र कुवेत लगायत देशमा सुरक्षा सतर्कता उच्च बनाइएपछि त्यहाँ कार्यरत तथा जान लागेका नेपाली श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै सरकार सक्रिय बनेको हो।
अर्को सूचना जारी नभएसम्म श्रम स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ। यस्तै विमानस्थलमा पुगिसकेका श्रमिकलाई समेत घर फर्किन आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।