काठमाण्डौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेका छन्। उनले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।
भट्टराईले नेतृत्व गर्ने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।