Live Update
1 मिनेट अगाडी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह सवार हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको छ।
हेली एभरेस्टको नाइन एन–एओबी (काठमाडौं–झापा) उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहान ९:१२ बजे काठमाडौंबाट झापाका लागि प्रस्थान गरेको थियो। तर खराब मौसमका कारण हेलिकप्टर झापामा ल्यान्ड हुन नसकी पुनः डाइभर्ट गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे अवतरण गरिएको जनाइएको छ।
Live Update
5 मिनेट अगाडी
काठमाण्डौ । आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा चितवन जिल्लाभर ३ घण्टासम्म करिब २० प्रतिशत मत खसेको छ। बिहान १० बजेसम्म कुल मतदातामध्ये करिब ८८ हजार मत खसेको हो ।
Live Update
7 मिनेट अगाडी
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका छन्। बिहान १० बजेसम्म पनि कुनै मतदाता मतदान गर्न केन्द्रमा नपुगेको प्रशासनले जनाएको छ।
Live Update
9 मिनेट अगाडी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सवार हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किरहेको छ।
Live Update
13 मिनेट अगाडी
दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला मावि मतदान केन्द्रमा मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन। स्थानीय मतदाता मतदानका लागि केन्द्रमा उपस्थित नभएपछि मतदान थाल्न नसकिएको हो।
Loading more updates...