काठमाण्डौ । तनहुँ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कुल मतदातामध्ये करिब ४७ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहीबार दिउँसो साढे ३ बजे सम्म १ लाख २० हजार १४३ मतदाताले मतदान गरिसकेका छन्।
जिल्ला निर्वाचन कार्यालयले मतदाताको सहभागिता उत्साहजनक रहेको उल्लेख गर्दै, निर्वाचनमा अझै राम्रो मतदान हुने अनुमान व्यक्त गरेको छ।

