प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्म देशभर १०.१८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सो समयसम्म देशभर १९ लाख २३ हजार ८२४ मत खसेको छ।
यसपटकको निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० जना अन्य मतदाता रहेका छन्।

