दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावित स्थानीयले मतदान बहिष्कार गरेका छन्। बबई गाउँपालिका–७ देउती मावि मलई र बबई–१ स्थित जनता आधारभूत विद्यालयका मतदान केन्द्रमा समाचार तयार पार्दासम्म एक मत पनि खसेको छैन।
मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार बिहान साढे १० बजेसम्म मतदाता केन्द्रमा नआएकोले मतदान सुरु हुन सकेको छैन। ती केन्द्रमा क्रमशः ६८२ र ५३० मतदाता रहेका छन्।
निकुञ्ज प्रभावित संघर्ष समितिले बस्ती स्थानान्तरण लगायतका माग सम्बोधन नभएको भन्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।

