बिहीबार, फाल्गुन २१,२०८२ 12:40:52
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 12:40:52
Bizshala
Global IME Bank Limited

६५ प्रतिशत बढी मत खस्ने निर्वाचन आयोगको अनुमान

Hyundai Nepal
६५ प्रतिशत बढी मत खस्ने निर्वाचन आयोगको अनुमान
Shivam Cement

काठमाण्डौ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहका साथ मतदान भइरहेको बताएका छन्।

मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा मतदाताको उल्लेख्य सहभागितासहित मतदान प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उनका अनुसार बिहान ७ बजेदेखि नै अधिकांश मतदान केन्द्रमा व्यवस्थित रूपमा मतदान सुरु भएको छ र मतदाताको उपस्थिति तथा सुरक्षा अवस्था सन्तोषजनक रहेको छ।

“मतपत्र पाएपछि सामान्यतया एकदेखि दुई मिनेटभित्र मतदान प्रक्रिया सम्पन्न हुन्छ,” उनले भने।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

भण्डारीले मतदाता, राजनीतिक दल र उम्मेदवार सबैलाई शान्तिपूर्ण र उत्साहपूर्ण मतदानका लागि सहयोग गर्न आह्वान गरेका छन्। उनले मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलन गरेर मतगणना सुरु गरिने बताए।

आयोगले प्रत्यक्षतर्फको नतिजा मतगणना सुरु भएको करिब २४ घण्टाभित्र सार्वजनिक गर्ने लक्ष्य लिएको पनि उनले जानकारी दिए। युवाहरुको सक्रिय सहभागिता देखिएकाले यसपटक ६५ प्रतिशतभन्दा बढी मतदान हुने अनुमान गरिएको उनले बताए।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.