काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुरमा आज दिउँसो ३ बजेसम्म मतदाताको ठूलो सहभागिता देखिएको छ। ललितपुरमा हालसम्म ४६ प्रतिशतभन्दा बढी मतदाता मतदानका लागि आएका छन्।
ललितपुरमा कुल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन्, जसमा महिला मतदाता १ लाख ३१ हजार ५४९ र पुरुष मतदाता १ लाख ३७ हजार ७०७ रहेका छन्।
ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा ३१८ मतदान केन्द्रबाट मतदान भइरहेको छ।

