राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचन आयोगबाट अनुमति नलिई हेलिकप्टर चढेर झापा उडेपछि उक्त हेलिकप्टर काठमाडौं फर्काइएको खुलेको छ।
शाहले काठमाडौंमा मतदान गरेपछि हेली एभरेस्टको हेलिकप्टरमार्फत झापा जाने प्रयास गरेका थिए। तर उनी सवार हेलिकप्टर झापामा अवतरण नगरी पुनः काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको थियो।
विमानस्थल स्रोतका अनुसार निर्वाचन आयोगको आवश्यक अनुमति नलिइएको पाइएपछि हेलिकप्टरलाई अवतरण गर्न नदिई फर्काइएको हो। “निर्वाचन आयोगबाट अनुमति लिएको देखिएन, त्यसैले फर्काइएको हो,” स्रोतले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।