काठमाण्डौ । आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा चितवन जिल्लाभर ३ घण्टासम्म करिब २० प्रतिशत मत खसेको छ। बिहान १० बजेसम्म कुल मतदातामध्ये करिब ८८ हजार मत खसेको हो ।
चितवनमा ३ निर्वाचन क्षेत्र रहेका छन् र कुल मतदाता संख्या ४ लाख ४२ हजार ८२ रहेको छ। जिल्लाभर १६२ मतदान स्थलमा ४९२ मतदान केन्द्र स्थापना गरिएको छ।

