काठमाण्डौ । आज सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मुस्ताङमा कुल ५६.४७ प्रतिशत मत खसेको छ । प्रत्यक्षतर्फ हालसम्म ६ हजार ३९७ मतदाताले आफ्नो मत प्रयोग गरेका छन्। यसमध्ये ३ हजार २२६ पुरुष, ३ हजार १७० महिला र १ अन्य मतदाताले मतदान गरेका छन्।
मतदान समाप्त भएसँगै, सबै मतदान केन्द्रबाट मतपेटिकाहरू मतगणना स्थलतर्फ सार्ने तयारी भइरहेको छ ।

