काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार मध्यान्ह १२ बजेसम्म देशका विभिन्न प्रदेशमा भएको मतदानको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
आयोगका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी २५.५५ प्रतिशत मतदान भएको छ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा १५.६० प्रतिशत, मधेस प्रदेशमा १०.४६ प्रतिशत, बागमती प्रदेशमा १७.२१ प्रतिशत र गण्डकी प्रदेशमा २२.५० प्रतिशत मतदान भएको छ।
त्यसैगरी लुम्बिनी प्रदेशमा १६.०६ प्रतिशत, कर्णाली प्रदेशमा २०.२३ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशमा २०.०७ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

