बिहीबार, फाल्गुन २१,२०८२ 08:58:56
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 08:58:56
Bizshala
Global IME Bank Limited

मतदान सुरु हुँदै

Hyundai Nepal
मतदान सुरु हुँदै
Shivam Cement

काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि आज देशभर मतदान सुरु हुँदैछ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि प्रतिनिधिसभाका लागि हुने यो तेस्रो आम निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा पनि प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मुलुकका ७७ वटै जिल्लामा एकै चरणमा मतदान गरिनेछ। निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिक प्रणालीतर्फ ११० सिटका लागि मत खसालिनेछ।

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ६५ राजनीतिक दलले ६१ वटा चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरिरहेका छन्। यसतर्फ तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्, जसमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य उम्मेदवार रहेका छन्।

यस्तै, समानुपातिक प्रणालीअन्तर्गत तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। यसमा एक हजार ३६३ पुरुष र एक हजार १ हजार ७७२ महिला उम्मेदवार सहभागी छन्।

निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुने अपेक्षा गरिएको छ। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य मतदाता रहेका छन्। आयोगका अनुसार एक लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि कायम गरिएको छ।

मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् भने १४३ अस्थायी मतदानस्थल पनि सञ्चालनमा ल्याइएका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानको व्यवस्था गरिएको आयोगले जनाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षातर्फ ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी तथा एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्।

मतदान सञ्चालनका लागि करिब दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सबै मतदान केन्द्रमा पु¥याइसकिएको छ।

यसपटकको निर्वाचनलाई चार अन्तर्राष्ट्रिय तथा ३९ राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदातालाई उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.