बुधबार, बैशाख २,२०८३ 04:45:03
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 04:45:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्वाचनका दिन यात्रुका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस सेवा

Bizshala
निर्वाचनका दिन यात्रुका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस सेवा
Shivam Cement

निर्वाचनका दिन यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन बोर्डले निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ।

बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने–जाने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुलाई लक्षित गर्दै विमानस्थलदेखि काठमाडौं उपत्यकाका प्रमुख होटल र पर्यटकीय क्षेत्रसम्म सटल बस सेवा उपलब्ध गराइएको हो। सेवा बिहान ५ बजेदेखि सुरु भई बिहीबार साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

निर्वाचनका कारण सवारी आवागमनमा हुन सक्ने असहजतालाई ध्यानमा राख्दै यात्रु र पर्यटकलाई सहज रूपमा विमानस्थल पुग्न मद्दत गर्न यो सेवा सञ्चालन गरिएको बोर्डले जनाएको छ।

सटल बस सेवा तीन फरक मार्गमार्फत सञ्चालन गरिएको छ। पहिलो मार्ग न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, नयाँबजार, दरबारमार्ग र गौशाला हुँदै विमानस्थल पुग्नेछ। दोस्रो मार्ग महाराजगञ्ज, नारायणथान, धुम्बाराही, चाबहिल र बौद्ध हुँदै विमानस्थलसम्म सञ्चालन हुनेछ।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी तेस्रो मार्ग कुपण्डोल, त्रिपुरेश्वर, कलंकी, एकान्तकुना, सातदोबाटो, ग्वार्को र नयाँ बानेश्वर हुँदै विमानस्थलसम्म पुग्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले निर्वाचनका दिन यात्रुहरूले समयमै विमानस्थल पुग्न र गन्तव्यमा सहज रूपमा यात्रा गर्न यो सेवाको उपयोग गर्न आग्रह गरेका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.