प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान १० बजेसम्म देशभर कुल १० लाख ६५ हजार १२० मत खसेको छ, जुन करिब ६ प्रतिशत हो।
निर्वाचन आयोगले मतदातालाई निर्धारण गरिएको समयभित्र मतदान गर्न आग्रह गर्दै मतदान प्रक्रिया अपराह्न ५ बजेसम्म जारी रहने जानकारी दिएको छ।

