काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब ३० प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार अपराह्नसम्म २९.६६ प्रतिशत मत खसेको हो।
कार्यालयले दिएको विवरणअनुसार हालसम्म ५ लाख ९ हजार २ सय मतदाताले मतदान गरिसकेका छन्। तीमध्ये २ लाख ६० हजार ४७८ महिला, २ लाख ४८ हजार ७२१ पुरुष र १ जना अन्य मतदाता रहेका छन्।
प्रदेशमा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। यस प्रदेशबाट संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाका १६ सदस्य चयन गर्न मतदान भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।