काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि तोलामै ३१० रुपैयाँले बढेको छ । महासंघका अनुसार आजको लागि चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो कारोबार दिन भने चाँदीको भाउ प्रतितोला ५ हजार ४१० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।