शनिबार, कार्तिक ७,२०८३ 07:02:54
  • शनिबार, कार्तिक ७,२०८३ 07:02:54
Global IME Bank Limited

राहदानी सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुने

Bizshala
राहदानी सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुने
New Office

काठमाण्डौ । परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागले राहदानी वितरण सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुनसक्ने जनाएको छ । विभागले नयाँ प्रणालीमा जाँदा तीन हप्तासम्म सेवा अवरुद्ध हुन सक्ने जनाएको हो ।  

अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला÷इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान गरिने राहदानी सेवा करिव एक हप्तासम्म बन्द हुन सक्ने विभागले जनाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

साथै नयाँ प्रणाली कार्यान्वयन भएपश्चात् प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने भएकोले उक्त अन्तरिम अवधिमा जिल्ला÷इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले उल्लेख गरेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उक्त अवस्थालाई मध्यनजर गर्दै विभागले आगामी ६ महिनासम्म (अर्थात् २०८३ असोज भित्रमा) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला÷इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन अनुरोध गरेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.