काठमाण्डौ । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई निष्कासन गरिएको आइपीओ बाँडफाँड गरिएको हो ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्टका अनुसार आइपीओमा ८३ हजार ६०६ जनाको आवेदन परेको थियो । जसमध्ये ७४ हजार ५६८ जनाको आवेदन मात्रै सदर भएको छ ।
जसमध्ये ८ हजार २५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने ६६ हजार ३१८ जनाको हात खाली भएको छ ।

