मंगलवार, चैत्र ३,२०८२ 11:43:52
Bizshala
  • मंगलवार, चैत्र ३,२०८२ 11:43:52
Bizshala
Global IME Bank Limited

केही खाडी देशका लागि पुनः श्रम स्वीकृति खुला, श्रमिकलाई राहत

Hyundai Nepal
केही खाडी देशका लागि पुनः श्रम स्वीकृति खुला, श्रमिकलाई राहत
Shivam Cement

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका केही देशका लागि पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ। यस निर्णयसँगै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली कामदारहरू पुनः काममा फर्किन सक्ने भएका छन्।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यसअघि क्षेत्रीय द्वन्द्व र सुरक्षाजन्य चुनौती बढेको भन्दै सरकारले फागुन १७ गतेदेखि ती गन्तव्यमा श्रम स्वीकृति र नवीकरण प्रक्रिया अस्थायी रूपमा रोकेको थियो। त्यसले गर्दा विदेश फर्कन नपाएका श्रमिकहरू समस्यामा परेका थिए।

अब भने परिस्थितिको पुनः मूल्यांकनपछि जोखिम कम भएका देशहरूलाई प्राथमिकतामा राख्दै पुनः श्रम स्वीकृति मात्र खुला गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, यसअघि इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानलगायत देशमा पनि श्रम स्वीकृति र नवीकरण रोकिएको थियो। ती देशहरूमा कार्यरत वा बिदामा नेपाल आएका श्रमिकहरूलाई समेत आवश्यकता अनुसार पुनः स्वीकृति दिने व्यवस्था गरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार, सम्बन्धित देशस्थित नेपाली नियोग तथा अन्य सरोकारवाला निकायबाट आएको माग, साथै परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागको सिफारिसका आधारमा यो निर्णय गरिएको हो।

सरकारले श्रमिकको सुरक्षा अवस्थालाई मुख्य प्राथमिकता दिँदै आगामी दिनमा पनि अवस्था हेरेर यस्ता निर्णयहरू क्रमशः परिमार्जन गर्दै जाने संकेत दिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.