काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँ घटेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ रहेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ३५५ रुपैयाँ घटेर तोलाको ४ हजार ५४० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य तोलाको ४ हजार ८९५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।