काठमाण्डौ । पश्चिम एसियाली मुलुकमा भइरहेको द्धन्द्धका कारण नेपालका पाइप उद्योगहरु धमाधम बन्द हुन थालेका छन् ।
हाइडेन्सीटी पोलिथिन पाईप म्यानुफेक्चर्स एसोसियसन अफ नेपाल (एचडीपी पाइप उत्पादक संघ)ले एक विज्ञप्ति जारी गर्दै कच्चा पदार्थको ढुवानी अवरुद्ध भइरहेको र हाल केही उद्योगहरुमा कच्चा पदार्थको मौज्दात शुन्य भएकाले उद्योग नै बन्द रहेको जनाएको छ ।
विश्वव्यापी आपूर्ति श्रृंखलामा देखिएको अस्थिरता र भू–राजनीतिक तनावका कारण हाल मध्यपूर्व तथा पश्चिम एसियामा जारी द्वन्द्वले कच्चा तेलको आपूर्तिमा गम्भीर असर पारेको छ, जसकारण कच्चा तेलको ढुवानी प्रक्रिया प्रभावित भएको अवस्था छ ।
प्रतिस्पर्धात्मक बजारमा मूल्यलाई माग र आपुर्तिले निधारर्ण गर्ने गर्दछ जसले गर्दा हाल प्राप्त कच्चा पदार्थको नयाँ मुल्यमा करिव ६२ प्रतिशतको उच्च वृद्धि भएको छ । इन्धनमा भएको मुल्यवृद्धिले ढुवानी खर्च वृद्धि गर्ने तथा अमेरिकन डलरको विनिमय दरको बृद्धिलाई समेत समायोजन गर्दा चप भार पर्ने देखिन्छ ।
मध्यपूर्वमा जारी तनाव पूर्ण रुपमा हल भई कच्चा पदार्थको यचेष्ठ परिमाणमासहज रुपमा आपुर्ति नभएसम्म मुल्यवृद्धिको सिमा यकिन गर्न नसकिने एसोसियसनले जानकारी गराएको छ ।
साथै सघंका सदस्य उद्योगहरुको विभिन्न खानेपानी कार्यालयहरु लगायत गैर सरकारी संस्थाहरुसग भएका बोलपत्र सम्झौता, निर्माण व्यवसायीहरुसगं भएका विक्रि सम्झौता, विभिन्न उपभोक्ता समिती, स्थानिय निकाय आदिहरुसंग गरिएका पाईप आपूर्तिका सम्झौताहरुमा उल्लेख गरिएका मूल्य, कार्य सम्पन्न अवधि लगाएतका बूदाहरुमा आपसी समझदारीमा समायोजन गर्न संघले अपिल समेत गरेको छ ।
त्यस्तै, बैंक तथा वित्तिय संस्थाहरुलाई समेत यस्तो विषम परिस्थितीमा हदै सम्मको लचकता अपनाई सहयोग गर्न संघले अनुरोध गरेको छ ।
यस्तो विषम परिस्थितीको फाइदा उठाई अस्वभाभिक मूल्यवृद्धिमा संलग्न जो कोहिलाई पनि कानुन बमोजिम कारवाही गर्न संघले नेपाल सरकारसगं माग समेत गरेको छ ।
संघले विगत केहि दिनयता एचडिपी पाईप उत्पादक उद्योगीहरुले मूल्यमा ३० देखि ४० प्रतिशत अस्वभाविक मूल्यवृद्धि गरेको भन्ने आशयका समाचारप्रति गम्भिर ध्यानाकर्षण समेत जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।