मंगलवार, बैशाख २२,२०८३ 08:51:30
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 08:51:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चन्द्र ढकालको समर्थनले हेमराज ढकाल समूह मजबुत, बस्तुगततर्फ नरेशलाल समूहको दबदबा

Bizshala
चन्द्र ढकालको समर्थनले हेमराज ढकाल समूह मजबुत, बस्तुगततर्फ नरेशलाल समूहको दबदबा
Shivam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा हेमराज ढकाल समुह बलियो बन्न पुगेको छ । निर्वाचनमा तटस्थ बस्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल समुहले हेमराज ढकालको समुहलाई खुलेरै समर्थन गरेपछि सो समुह बलियो भएको हो । 

बरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल समुहले प्यानल नै उम्मेदवारी घोषणा गरेको छ भने एशोसिएटस तर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पाना गैरेले उम्मेदवारी घोषणा गरेकी छिन् । 

वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष चन्द्र प्रसाद ढकालले हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले टीम बनाउने नाममा फोहोरी खेल खेलेको भन्दै आफुलाई सैह्य नहुने बताएका हुन् । उनले भने ‘म अझै पनि सर्वसम्मतीको पक्षमा छु भने केही प्रदेशमा सर्वसम्मतीमै नेतृत्व चयन गर्न सफल भएको छु, यदि विधानको मर्म विपरित अब हुने वाला अध्यक्षले सर्वसम्मतीको प्रसायमा अड्चन ल्याउँदै आफ्नो टीम बनाएर अघि बढ्छ भने हेमराज ढकालको समुहलाई मेरो पूर्व समर्थन हुने छ भने तपाईहरुको जीत सुनिश्चित छ ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै यदि कुनै समुहले सर्वसम्मतीको प्रयासलाई असफल बनाउन लाग्छन् भने हेमराज ढकालको समुहलाई जिताउन आफुले कुनै कसुर बाँकी नराख्ने समेत उनको उद्घोष थियो । यस अघि आफू स्वत अध्यक्ष हुने समयमा तटस्थ बसेका अध्यक्ष ढकालले स्वतन्त्र प्रतिस्पर्धामा निर्वाचत गराएका थिए । तर, अब बन्ने अध्यक्षले मनोनित र विभिन्न समितिका सभापतिको लोझ देखाएर फोहोरी खेल खेल्न थालेपछि अध्यक्ष ढकाल रिसाएका थिए । एक कार्यक्रममा पूर्व अध्यक्षहरुले अञ्जन श्रेष्ठको उक्त कार्यले महासंघभित्र फोहोरी खेल भएको र यसले महासंघलाई धुव्रिकरण गर्ने भन्दै त्यसलाई रोक्नुपर्ने बताएका थिए । 

एशोएिट्स, वस्तुगत र जिल्लानगर तीनवटै क्षेत्रमा राम्रो पकट भएका अध्यक्ष ढकालले हेमराज ढकालको समुहलाई खुलेर समर्थन गरेसँगै त्यसले बजारमा सकारात्मक सन्देश गएको छ । साथै उनको यो समर्थनले बस्तुगत र एसोसिएट्सतर्फ उपाध्यक्ष सहितको प्यानलकै जीत पक्काजस्तै रहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । 

CG Motors
Garima Development Bank
IME remit

एफएनसीसीआईसँग एक जानकारले भने ‘हालका अध्यक्ष ढकालसँग एशोएिसट्सतर्फ ठूलो संख्यामा भोट रहेको छ भने वस्तुगततर्फ पनि राम्रो पकड छ, अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकालको समर्थनमा नरेशलाल श्रेष्ठ समुहले बस्तुगततर्फ क्लिनस्वीप नै गर्ने देखिएको छ ।’

उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समुहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्वात गरिएको छ । यसैगरी सदस्यहरुमा संघको तर्फबाट कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरीबहादूर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादूर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी रहेका छन् । यस्तै महासंघकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरुमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन् ।

वस्तुगतफर्तको सवै क्षेत्रलाई समावेश गरेर बनाइएको सो समुह सबैभन्दा शसक्त र वलियो रहेको छ । उपाध्यक्षका उम्मेदवार श्रेष्ठको समुहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा व्यवसाय, जलविद्युत लगायत सबैजसो क्षेत्रलाई समावेश गरी आफ्नो टीम निर्माण गरिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.