मंगलवार, असार १६,२०८३ 04:53:20
Bizshala
  • मंगलवार, असार १६,२०८३ 04:53:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इन्धनको मूल्यवृद्धिपछि हवाई भाडा बढाउने निर्णय

Laxmi Sunrise Bank Limited
इन्धनको मूल्यवृद्धिपछि हवाई भाडा बढाउने निर्णय

काठमाण्डौ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेपछि नेपालमा पनि हवाई इन्धनको मूल्य मंगलबार रातिदेखि दोब्बरजति वृद्धि गरिएको छ ।

नेपाल आयल निगमले चैत १८ गते रातिदेखि लागू हुने गरी आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएको जनाएको छ । यसर्थ अब हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा सञ्चालकहरूले आफ्नो उडान खर्च सम्हाल्न हवाई भाडा बढाउने निर्णय गरेका छन् । नेपाल वायुसेवा सचालक संघका अनुसार यो वृद्धि सबै आन्तरिक र बाह्य गन्तव्यका उडान तथा हेलिकप्टर सेवा भाडामा पनि लागू हुनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संघका अनुसार हवाई इन्धनको मूल्य बढ्दा वा घट्दा भाडा दर स्वतः समायोजन हुने पूर्वसहमति र स्वचालित प्रणाली अनुसार यो वृद्धि गरिएको हो । इन्धन मूल्य अस्वाभाविक रूपमा बढेपछि भाडा वृद्धि गर्नु परेको उल्लेख गर्दै संघले यात्रुहरूमा परेको असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यात्रु महानुभावहरूलाई सहज, सरल र सुविधाजनक सेवा उपलब्ध गराउन हवाई र हेलिकप्टर भाडा दर स्वतः वृद्धि गर्नुपर्ने भएकाले नयाँ भाडा दर लागू गरिएको हो । यो भाडा दर नेपाल आयल निगमले तोकेको मिति २०८२ चैत १८ देखि लागू हुनेछ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.