मंगलवार, असार १६,२०८३ 04:53:26
Bizshala
  • मंगलवार, असार १६,२०८३ 04:53:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हवाई भाडा बढ्यो

Laxmi Sunrise Bank Limited
हवाई भाडा बढ्यो

काठमाण्डौ । पश्चिम एसियामा जारी भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति अस्थिर बन्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालको उड्डयन क्षेत्रमा देखिएको छ। हवाई इन्धनको मूल्यमा भएको उल्लेखनीय वृद्धिले आन्तरिक उडान सेवाको लागत संरचनामा दबाब सिर्जना गरेको छ भने यात्रुहरू थप आर्थिक भार वहन गर्न बाध्य भएका छन्।

नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य करिब ७५ प्रतिशतले बढाएपछि वायुसेवा कम्पनीहरूले आफ्नो सञ्चालन खर्च समायोजन गर्न भाडा वृद्धि गरेका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इन्धन मूल्यवृद्धिसँगै वायुसेवा कम्पनीहरूको समन्वयमा नयाँ भाडादर बुधबारदेखि लागू गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

प्राधिकरणका अनुसार हवाई भाडा निर्धारण गर्दा लागत दर, इन्धन मूल्य, विमानस्थल सेवा शुल्क तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाई आधार मानिन्छ। यीमध्ये कुनै पनि पक्षमा परिवर्तन हुँदा भाडा समायोजन हुने व्यवस्था छ। यद्यपि, लागत दर २०७३ सालदेखि पुनरावलोकन हुन नसकेको अवस्था छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वायुसेवा सञ्चालक सङ्घका अनुसार आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएपछि नयाँ मूल्य २५१ रुपैयाँ पुगेको छ। यसले उडान सञ्चालन खर्चमा ठूलो दबाब सिर्जना गरेपछि भाडा वृद्धि अपरिहार्य भएको जनाइएको छ।

नयाँ भाडादर अनुसार काठमाण्डौ–धनगढी उडानको भाडा सबैभन्दा बढी ५,४८० रुपैयाँले बढेर ११,०९० रुपैयाँ पुगेको छ। त्यसैगरी काठमाण्डौबाट हुने पर्वतीय उडानको भाडा ४,२२५ रुपैयाँले बढेर ८,६१५ रुपैयाँ पुगेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.