काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको २० हजार ४ सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि आजदेखि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।
यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र मोरङको कटहरीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
यसअघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणलाई समेत बिक्री प्रक्रियामा संलग्न गर्न लागिएको संस्थाले जनाएको छ ।

