मंगलवार, असार १६,२०८३ 03:25:25
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:25:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगानी बोर्डद्वारा लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना

Laxmi Sunrise Bank Limited
लगानी बोर्डद्वारा लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना

काठमाण्डौ । नेपालमा लगानी प्रवर्द्धन तथा प्रशासनिक सहजीकरणलाई सुदृढ बनाउने उद्देश्यका साथ लगानी बोर्ड नेपालले लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ।  

नयाँ स्थापना गरिएको डेस्कले लगानीकर्ताका समस्या समाधान, सूचना प्रवाह र सेवा पहुँचलाई एउटै प्लेटफर्ममा समेट्ने लक्ष्य लिएको छ। यसले हाल विद्यमान बहु निकाय समन्वयको जटिलता कम गर्दै लगानी प्रक्रियालाई थप छरितो र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। डेस्कमार्फत लगानीकर्ताले लगानीसम्बन्धी जानकारी लिन, समस्या राख्न र गुनासो गर्न सक्ने छन् ।  

New Office
CG Motors
Garima Development Bank

बोर्डका अनुसार, यो व्यवस्था डिजिटल माध्यममार्फत सञ्चालन गरिने एकीकृत एकल विन्दु सेवा प्रणालीको पूर्वाधार तयार गर्ने रणनीतिक कदम हो। आगामी चरणमा अनलाइन पोर्टलमार्फत सेवा प्रवाह, सम्बन्धित निकायबीच प्रणालीगत अन्तरसम्बन्ध विस्तार, तथा निर्णय प्रक्रियामा समयसीमा निर्धारण गर्ने योजना अघि सारिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यससँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सँगको समन्वयमा एकद्वार प्रणाली कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा प्रक्रियागत तयारीलाई तीव्रता दिइएको छ। मन्त्रिपरिषद्को पूर्वनिर्णयअनुसार स्वदेशी तथा वैदेशिक लगानीकर्तालाई समयसीमाभित्र सेवा उपलब्ध गराउने उद्देश्यलाई व्यवहारमा उतार्ने दिशामा यो पहल केन्द्रित छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.